एमालेको गढ सिद्धलेक १ मा माओवादी केन्द्रका पेमा लामा वडाध्यक्ष निर्वाचित

दियो पोस्ट  

धादिङ । नेकपा एमालको गढ भनेर चिनिने धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

एमालेका उम्मेदवार ईश्वर सिलवाललाई भारी मतले पछि पार्दै माओवादी केन्द्रका पेमा लामा विजयी भएका हुन् ।

लामाले १२ सय ४३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी सिलवालले ६ सय २३ मत ल्याएका छन् । लामाले ५ सय २० को फराकिलो मतान्तरले सिलवाललाई हराएका हुन् । वडाध्यक्ष लामाको प्यानलै विजयी भएको हो ।