ज्वालामुखि ३ मा एमाले उम्मेदवारलाई हराउँदै कांग्रेसका उमेश श्रेष्ठ विजयी

diyopost.com
दियो पोस्ट  सोमबार, जेठ ०२, २०७९ | ११:०६:३६

धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका ३ मैदीमा सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ विजयी बनेका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका निवर्तमान वडाध्यक्ष समेत रहेका रुद्रमान श्रेष्ठलाई हराउँदै श्रेष्ठ विजयी बनेका हुन् ।

उमेश श्रेष्ठले ११ सय ३२ मत पाएर विजयी बनेका छन् भने उनका प्रतिद्वन्दी रुद्रमानले १०२३ मत पाएका छन् ।

 

सम्बन्धित खबर