ज्वालामुखि ६ मा नेपाली कांग्रेसका उम्मेदवार किशोर सेडाईं वडाध्यक्षमा निर्वाचित

दियो पोस्ट  

धादिङ । धादिङको ज्वालामुखी ६ को वडाध्यक्षमा सत्तारढ दल नेपाली कांग्रेसका उम्मेदवार किशोर सेडाईं विजयी भएका छन् ।
उनले नेकपा एकीकृत समाजवादीलाई फराकिलो मतान्तरले हराएका हुन् । उनले ८७४ मत ल्याए भने उनका प्रत्यासी नेकपा एकीकृत समाजवादीकी जुना राना मगरले ७५५ मत पाइन् । त्यस्तै एमालेको गढ भनिने उक्त क्षेत्रमा एमालेका उम्मेदवार मोहन कुमार श्रेष्ठले ५८४ मत पाएर तेस्रो बन्नु परेको छ ।

यस्तै महिला वडा सदस्य ८७८, दलित महिला सदस्य ८९७, वडा सदस्य ८८९ र अर्का वडा सदस्यले ८५९ मत ल्याएर कांग्रेसका सबै वडा सदस्यमा कांग्रेसले बाजी मारेको छ ।