काभ्रेको भुम्लु गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

diyopost.com
दियो पोस्ट  मंगलबार, जेठ ०३, २०७९ | ९:४४:०७

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

]

मंगलबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।

 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले ४ हजार ५६८ मत पाए ।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जितेन्द्रमान तामाङ (दावा लामा) ६ हजार ९८ मतसहित निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कल्पना श्रेष्ठले ४ हजार २९ मत पाएकी छन् ।

 

सम्बन्धित खबर