डोटीमा बोलेरो दुर्घटना आठ घाइते, दुईको अवस्था गम्भीर

diyopost.com
दियो पोस्ट  शुक्रबार, जेठ १३, २०७९ | १५:१५:५२

 

काठमाडौँ, । डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । शुक्रबार विहान जिल्लाको सायल गाउँपालिका – १ तेलपारामा सु।प। प्र। ०१००१ ज १३३४ नम्बरको जीप दुर्घटना भएको हो ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिएका छन्। गम्भीर घाइते दुई जनालाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिएका छन् ।

सम्बन्धित खबर