युक्रेनका राष्ट्रपति भ्लादमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीच फोनवार्ता

दियो पोस्ट  

काठमाडौँ,। युक्रेनका राष्ट्रपति भ्लादमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा सोमबार फोनवार्ता भएको छ । फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको राष्ट्रपति भ्लादमिर जेलिन्स्किीले ट्वीटमार्फत् बताए ।

उनले आफूले सोमबार टर्कीस् राष्ट्रपति एर्डोगानसँग वार्ता गरेको र उनि युक्रेनमा शान्ति स्थापनाका लागि तयार रहेको जानकारी दिएको छ । युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेनस्की सोमबार ट्वीटमार्फत् दिएको जानकारी अनुसार टर्कीस् राष्ट्रपति एर्डोगानले युक्रेनमा शान्तिको स्थापना हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक मात्रामा टर्कीले सघाउने कुरा गरेको बताएका थिए ।

राष्ट्रपति जेलेनस्की टर्कीको यो सहयोग र सदासयताको सराहना गर्नुपर्ने पनि सो ट्वीट्मा उल्लेख गरेका छन् । रुसले युक्रेनमा सैन्य कारबाही गरिरहेको छ । यसबाट युक्रेनको आर्थिक अवस्था संकटपूर्ण बन्दै गएको बताइएको छ ।