कैलालीमा एक जनाको नहरमा डुबेर मृत्यु

दियो पोस्ट  

कैलाली । कैलालीमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित रानी जमारा कुलरीया सिंचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ चौरी बस्ने ३५ वर्षीय जब्बर बडुवाल रहेका छन् । नहरमा डुबेर अशक्त भएका उनको उपचारको लागि लालरत्न अस्पताल लम्कीतर्फ लैजाने क्रममा बुधबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।