काठमाण्डु । इसाई धर्मका नाममा अवैध रुपमा संचालन गरिदै आएको तालिमको फारम अमेरिकाको हेडक्वाटर पठाउने गरेको कुरा यतिबेला बाहिरिएको छ ।
पास्टर कृष्ण घिमिरेले २००८ देखि नेपालमा अवैध रुपमा धर्म प्रचार गर्ने उद्देश्यले टीटीआई नामक तालिम संचालन गर्दै आएका छन। सो तालिम लिनुपुर्व प्रशिक्षार्थीले एउटा फारम भर्नुपर्ने हुन्छ । यसरी भरेको फारम कृष्ण घिमिरेले अमेरिकामा रहेको हेडक्वाटरलाई पठाउने गरेको एक कर्मचारीले बताएका छन् ।
फारममा प्रशिक्षर्थीकाे व्यक्तिगत विवरण राखिएको हुन्छ । फारमको माथी एउटा फोटो टास्ने ठाउँ छुट्याईएको छ । तालिम लिने प्रशिक्षर्थीले सो फारम भर्न अनिवार्य छ । फारम नभरिकन कसैले पनि तालिम लिन नपाउने कृष्णले नियम लगाएका छन । फारम भर्ने जिम्मा स्थानिय चर्चको नै हुन्छ । स्थानिय पास्टरले टीटीआईको फारम सबै प्रशिक्षार्थीलाई दिन्छन । भरेको फारम टीटीआईका एजेण्टहरु मार्फत काठमाण्डु ल्याईन्छन । उक्त व्यक्तिगत विवरणसहितको फारम कृष्ण घिमिरेले स्क्यान गरेर अमेरिकामा रहेको टीटीआईको हेडक्वाटरमा पठाउने गरेका छन् ।
तस्बिरमा : टीटीआई निर्देशक कृष्ण घिमिरेका ( दायाँ ) छोरा आशिष घिमिरे ( बायाँ )
तस्बिरमा : टीटीआईकाे तालिम लिने प्रशिक्षर्थी
टीटीआईका एजेण्ट भन्छन्, ‘हामीले सबै ठाउँका फारम सङ्कलन गरेर अफिसमा बुझाउँछौ । अफिसले नै उता हेडक्वाटरमा पठाउँछ ।’
यसरी पठाएको फारमहरु के गरिन्छ भन्ने बारे भने आफुलाई ठ्याक्कै थाहा नभएको उनी बताउँछन्।
एजेण्ट भन्छन्, ‘मैले सुनेको यसरी फारम पठाएपछि फारम अनुसारकै उताबाट बजेट आउँछ रे । तर सत्य हो कि होईन थाहा छैन । ’
गत ब्याजमा कति फारम पठाईयो भन्ने प्रश्नमा उनले त्यो आफुहरुलाई थाहा नहुने बताए ।
टीटीआईले भर्ना गर्दा, तालिम सकिएर दीक्षित हुदाँ र फिल्डमा गएर सुसमाचार सुनाउदा पनि फारम भर्ने र फोटो खिच्ने गरिरहन्छ । यसरी भरेका सबै फारम टीटीआईको हेडक्वाटरमा पठाउने गरेको स्रोतले जनाएको छ । यसरी धर्म अनि तालिमका बहानामा कसैकाे पनि विवरण एउटा आई.एन.जि.ओ मा पठाउनु सुरक्षाका हिसाबले पनि खत्रा हुन्छ ।
तस्बिरमा : टीटीआईकाे तालिम लिने प्रशिक्षर्थी
यसरी पठाईएका फारमको टीटीआई हेडक्वाटरले के गर्छ भन्ने कुरा टीटीआईमा गोप्य राखिएको छ । कतिपय अवस्थामा त गैरइसाईको समेत फोटो अनि झुटो विवरण राखेर फारम पठाउने गरेको कुरा समेत टीटीआईका कर्मचारीले स्विकार्यका छन् ।
परिचय नखुलाउने सर्तमा उनले भने, “टीटीआईमा आफुले बनाउने चेलाको फोटो खिच्ने र टीटीआईलाई फोटो सहित फर्म पठाउने चलन छ । कतिपयले प्रचारको क्रममा गैरइसार्ईलाई पनि इसार्ई हो भनाउने गरि फोटो खिच्ने र टीटीआईलाई पठाउने गरिन्छ । यो कुनै पनि हिसाबले ठिक होईन । टीटीआई नेपालमा एउटा ठूलो स्क्याम हो ।’
यसरी संख्यात्मक रुपमा धेरै देखाउने र त्यही फर्जी डाटाको आधारमा टिटिआइको मुख्यालयबाट डलर कमाउने उद्देश्यले यस्तो गरिएको आरोप छ ।
तस्बिरमा : टीटीआईकाे तालिम लिने प्रशिक्षर्थी
प्रविधिको यो युगमा त्यस्ता धेरै कम्पनिहरु छन् । जसले मानिसहरुको डाटा बेचेरै अर्बौ कमाइरहेका छन् । यसरी कुनै एक देशका नागरिकको व्यक्तिगत विवरण अर्को देशमा पठाउनु भनेको राष्ट्रिय सुरक्षाका हिसाबले पनि खतरा हो । तर धर्मका नाममा र व्यक्तिगत स्वार्थका लागि यसरी सुरक्षालाई नै चुनौती दिने कार्य गर्नु पक्कै पनि सहि होईन । यस विषयमा राज्य नै सजक हुन जरुरी देखिन्छ ।
राज्यको कुनैपनि निकायमा दर्ता तथा अनुमती नै नलिएको संस्थाले गुपचुप रुपमा लामो समय देखी धर्म प्रचारको क्षेत्रमा अवैध रकम लगानी गर्नु सामान्य विषय होईन । यसले एकातिर मौलिक धर्म प्रति नैरास्यता बढाइरहेका छ त अर्को तिर राष्ट्रीय सुरक्षाका हिसाबले चुनौती पनि थपिरहेको छ ।
तस्बिरमा : नेपाल प्रहरीका पूर्व डिआइजी – हेमन्त मल्ल
नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्, ‘नेपालबाट यसरी १५ हजारको एकमुष्ठ विवरण बाहिर जानु भनेको त्यो सामान्य परिस्थिती हो जस्तो मलाई लाग्दैन । किनकी त्यो कुरा राष्ट्रको सुरक्षासंग जोडिएको हुन्छ । कुनै व्यक्तिको परिचय भनेको त्यसको व्यक्तिगत कुरा हो । व्यक्तिगत कुरा पब्लिक हुनुभनेको कसैलेपनि त्यो कुरालाई म्यानुपुलेट गर्न सक्छ । मिसयुज गर्न सक्छ । यो सरासर गलत छ । राष्ट्रिय सुरक्षाका हिसाबले पनि यो राम्रो होईन ।’
उनी विगतका केही घटनालाई जोड्दै थप्छन्, ‘ एक समय जब नेपाली लाईसेन्सको जिम्मा डाटा भारतिय कम्पनीलाई दिईएको थियो । त्यसबेला पनिसुरक्षासंग जोडिएका कुराहरु धेरै आएका थिए । यसरी कसैको व्यक्तिगत विवरण बाहिर जानु त्यो पनि एकमुष्ठ त्यो राज्यका लागि खतरा हुन्छ ।’
नाेट : यस विषयमा हामीले अरुपनि थप तथ्यहरु खोजेका छौ । नेपालमा धर्मका नाममा कसरी अवैध धन्दा चलिरहेको छ भन्ने बारे यसलाई श्रृङ्खलाबद्ध रुपमा प्रकाशन गर्नेछौ । यस श्रृङ्खलालाई हामीले ‘ बिग स्क्याम ईन द नेम अफ जिसस ’ नाम दिएका छौ । यससंग सम्बिन्धत थप सामाग्री पढ्न वा जान्न हामीसंग जोडिन सक्नुहुन्छ ।
हामीले अहिले सम्म यस विषयमा प्रकाशन गरेका समाचारहरू निम्न छन् । याे पनि पढ्नुस् ।
इसाईको नाममा करोडौँ ‘डलर’ घोटाला : राजश्व अनुसन्धान विभागमा लुकाइएको त्यो निवेदन
इसाईको नाममा लुट शृङ्खला (२) : अवैध रुपमा यसरी भित्राईन्छ लाखौँ डलर
इसाईको नाममा घिमिरे परिवारको ‘ब्रम्हलुट’ : श्रीमती, छोरा, छोरी, बुहारी र सम्धीको रजाइँ