माल्टा पठाइदिन्छु भन्दै ९ लाख रकम ठगी, एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु छाँयानाथ रारा नगरपालिका–३ ईमा घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३४ वर्षीय प्रविन खड्का रहेका छन् । खड्काले २ जनालाई माल्टा पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक पटक गरी ९ लाख रुपैयाँ लिई सम्पर्क बिहीन भएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।