खोलामा डुबेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । नुहाउने क्रममा २ जनाको खोलामा डुबेर मृत्यु भएको छ । नवलपरासी(पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ केशमान चोकस्थित एक जना बालिकको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने प्युठान गौमुखी गाउँपालिका घर भएकी १३ वर्षीया जुना खड्का रहेकी छिन् । घर नजिककै ज्यामिरे खोलामा नुहाउने क्रममा डुबेर आइतबार बिहान उनको मृत्यु भएको हो ।

यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका–१० कञ्चनस्थित एक जना पुरुषको खोलाका डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१० सालझण्डी बस्ने ४७ वर्षीय प्रेम पालुङगे रहेका छन् । घर नजिकैको खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको हिराचन्द्र मेडिकल सालझण्डीमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस