प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ जेठ ३२ गते

दियो पोस्ट  

काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरूद्ध परेका उजुरीमाथि आगामी जेठ ३२ गते बिहीबार सुनुवाइ हुने भएको छ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका कार्कीविरूद्ध २९ वटा उजुरी परेका छन्। संसदीय सुनुवाइ विशेष समितिले सबै उजुरीकर्तासँग छलफल गर्न लागेको छ। त्यसपछि सुनुवाइ गर्ने समितिको तयारी छ।

सोमबार संसदीय सुनुवाइ विशेष समितिको बैठक बसेको छ। उजुरीबारे प्रारम्भिक छलफलपछि समितिले उजुरीकर्तालाई बोलाउनेछ। उजुरीकर्ताको कुरा सुनेपछि कार्कीको कुरा सुन्ने समितिको तयारी छ। विगतको अभ्यास पनि यस्तै रहेको छ।