नेकपाद्वारा ३२ जनवर्गीय सङ्गठनको नेतृत्व चयन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना जनवर्गीय सङ्गठनहरूको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाएको छ। हालै सम्पन्न पार्टी संयोजन समितिको बैठकले ३२ वटा जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्ज चयन गरेको हो।

बैठकले अखिल नेपाल किसान महासंघको इन्चार्जमा बलदेव चौधरी र सहइन्चार्जमा कुमार पौडेललाई जिम्मेवारी दिएको छ। अखिल नेपाल महिला सङ्गठनको इन्चार्ज जयन्ती राई तथा सहइन्चार्ज कमला रोका चयन भएका छन्। सहिद, बेपत्ता तथा घाइते योद्धा सङ्गठनको इन्चार्ज हितराज पाण्डे तथा सहइन्चार्जमा कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे रहेका छन्।

त्यस्तै, आदिवासी जनजाति महासंघको इन्चार्ज सुरेश आलेमगर र सहइन्चार्ज पासाङ शेर्पा तोकिएका छन्। इन्जिनियर्स एशोसिएसनको इन्चार्ज लेखनाथ न्यौपाने तथा सहइन्चार्ज कपिल आचार्य रहेका छन् भने उद्योग तथा व्यवसायी महासंघको इन्चार्ज विरोध खतिवडा र सहइन्चार्ज कृष्ण आचार्य नियुक्त भएका छन्।

कानुन व्यवसायी सङ्गठनको इन्चार्ज पूर्णबहादुर घर्ती र सहइन्चार्ज रामकुमार ज्ञवाली चयन हुँदा खेलकुद महासंघको जिम्मेवारी केशव विष्टले पाएका छन्। उक्त महासंघको सहइन्चार्जमा शिव कोइराला रहेका छन्। जनसाँस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुन तथा सहइन्चार्जमा इश्वरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ चयन भएका छन्।

ट्रेड युनियन महासंघको इन्चार्ज रामदीप आचार्य र सहइन्चार्ज विष्णु लम्साल तोकिएका छन्। दलित सङ्गठनको इन्चार्ज गणेश विक र सहइन्चार्ज दलजित श्रीपाली रहेका छन्। नेपाल रिटर्नी एशोसिएसनको इन्चार्ज देवेन्द्र पराजुली तथा सहइन्चार्ज भवानी खड्का चयन भएका छन्।

पर्यटन फाँटको इन्चार्ज पुष्पविक्रम मल्ल र सहइन्चार्ज अन्जन थापा रहेका छन् भने पेशागत महासंघको इन्चार्ज कृष्णध्वज खड्का र सहइन्चार्ज प्रमेलकुमार खनाल नियुक्त भएका छन्। पूर्व सुरक्षाकर्मी सङ्गठनको इन्चार्ज सन्तु दराई चयन भएका छन्।

प्राध्यापक फाँटको इन्चार्ज दीनानाथ शर्मा र सहइन्चार्ज प्राडा इन्दु आचार्य रहेका छन्। मधेसी सङ्गठनको इन्चार्ज जोगकुमार बरबरिया तथा सहइन्चार्ज रामचन्द्र साह तेली चयन भएका छन्। मुस्लिम सङ्गठनको इन्चार्ज महेश्वर गहतराज तथा सहइन्चार्जमा हकिकुल्ला खाँ र ताज मोहम्मद मियाँ रहेका छन्।

युवा सङ्गठनको इन्चार्ज लक्ष्मण केसी तथा सहइन्चार्जमा सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ चयन भएका छन्। वैदेशिक रोजगार व्यवसायी सङ्गठनको इन्चार्ज नागेन्द्र चौधरी र सहइन्चार्ज समिता कार्की रहेका छन्।

विद्यार्थी सङ्गठनको इन्चार्ज रत्न ढकाल तथा सहइन्चार्ज सुदेश पराजुली रहेका छन्। शिक्षक सङ्गठनको इन्चार्ज माधव सापकोटा र सहइन्चार्ज केदार सञ्जेल चयन भएका छन्। प्रेस सङ्गठनको इन्चार्ज प्रकाश ज्वाला तथा सहइन्चार्ज विष्णु सापकोटा र शम्भु श्रेष्ठ रहेका छन्।

सहकारी सङ्गठनको इन्चार्ज लिलामणि पौडेल तथा सहइन्चार्ज शरद रसाइली र उदया शर्मा चयन भएका छन्। स्वास्थ्यकर्मी सङ्गठनको इन्चार्ज अन्जना विशंखे र सहइन्चार्ज भक्तिमान सुब्बा रहेका छन्। सुकुमबासी महासंघको इन्चार्ज नहेन्द्र खड्का तथा सहइन्चार्ज केशव दाहाल तोकिएका छन्।

निर्माण व्यवसायी सङ्गठनको इन्चार्ज कमला रोका, उपभोक्ता हितसम्बद्ध सङ्गठनको इन्चार्ज बिपी खनाल, मानवअधिकार सङ्गठनको इन्चार्ज लेखनाथ दाहाल तथा विपद् सम्बन्धी सङ्गठनको इन्चार्ज डा. लक्ष्मी ओली चयन भएका छन्।

यस्तै, सहिद प्रतिष्ठानको इन्चार्ज धर्मशीला चापागाईं र सहइन्चार्ज रामबहादुर भण्डारी रहेका छन् भने आइटी फोरमको इन्चार्जमा केशव नेपाललाई जिम्मेवारी दिइएको छ।