खोलामा नुहाउन भनी गएका एक जनाको मृत्यु, एक जना बेपत्ता

दियो पोस्ट  

बाँके । बाँकेमा एक जनाको खोलामा डुबेर मृत्यु र एक जना बेपत्ता भएको छ । जिल्लाको खजुरा गाउँपालिका–६ पुरैनास्थित मानखोलामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–६ सिमलघारी बस्ने १७ वर्षीया लक्ष्मी डांगी रहेकी छिन् । खोलामा नुहाउन भनी गएकी उनको सोमबार दिउँसो डुबेर मृत्यु भएको हो । साथै उनीसँगै खोलामा नुहाउने क्रममा सोही ठाउँ बस्ने लक्ष्मी नेपालीको छोरा ७ वर्षीय किरन नेपाली डुबेर बेपत्ता भएको छ । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीको टोलीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।