काठमाडौं । सवारीसाधन दुर्घटना हँदा २ जनाको मृत्यु भएको छ । बाराको प्रसौनि गाउँपालिका–२ पतंजलि चोकमा प्रदेश ३–०३–०२१प ९११९ नम्बरको स्कुटरलाई प्र.२–०२–०३–००१ त ७७० नम्बरको ट्याक्टरले सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगंज महानगरपालिका–१५ ब्रहमचोक बस्ने ४५ वर्षीय राजमन चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको परवानिपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका–१२ खनार चोकमा प्रदेश १–०२–०४९ प ०८३ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृतयु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१२ बस्ने ६५ वर्षीय भरत प्रसाद दाहाल रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।