अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ मा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउा बस्ने २० वर्षीय राम सिंह लोनिया रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज, ईलाका प्रहरी कार्यालय हिरमिनिया र प्रहरी चौकी तेलियनपुबाट संयुक्त रूपमा खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तुको बाणगंगा नगरपालिका–८ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय तोरण बहादुर थापा र २४ वर्षीय किसन पौडेल रहेका छन् । थापाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीको टोलीले तलासी गर्दा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर