बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

दियो पोस्ट  

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० किस्ती पुलस्थित सडकमा मे.१ ख २७२७ नम्बरको बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय भगतसिंह ठकुरी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।