काभ्रेमा अवैध लागूऔषधसहित २ पक्राउ

दियो पोस्ट  

काभ्रे । काभ्रेमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बनेपा नगरपालिका–८ बाट अवैध लागूऔषध खैरो हेरोईन ६५ ग्राम, डिजिटल तराजु १ थान र नगद ३ लाख १९ हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका–९ घर भएका ३० वर्षीय लाक्पा शेर्पा र काभ्रे तेमाल गाउँपालिका–३ घर भएकी १८ वर्षीया किशोरी रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनीहरुको कोठा तलासी गर्दा उक्त लागूऔषध, तराजु र नगदसहित फेला पारी बिहीबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।