सवारी दुर्घटनामा एक जनाको मृत्यु, ९ जना घाइते

दियो पोस्ट  

दाङ । दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरको उपमहानगरपालिका–३ स्थित लाहुरे चौरस्थित सडकमा रा.१ ज ५५६ नम्बरको पिकअप सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा गंगादेव गाउँपालिका–१ ओत बस्ने ४० वर्षीय बिष्णु पुन मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका पिकअपमा सवारमध्ये ६ जनाको नर्सिङहोम नेपालगंज र ३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।