नारायणी नदीमा डुबेर एक जनाको मृत्यु

दियो पोस्ट  

चितवन । नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत अयोध्या बस्ने २२ वर्षीय प्रदिप शर्मा रहेका छन् ।
भारतबाट तिर्थयात्रामा आएका उनी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढ र अस्थाई प्रहरी चौकी देवघाटबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा शुक्रबार दिउँसो उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।