काठमाडौं । विभिन्न स्थानबाट लावारिस अवस्थामा ५ जनाको शव फेला परेको छ । नवलपरासी(पूर्व)को कावासोती नगरपालिका–७ बद्रुवा बस्ने ४० वर्षीया अन्जु महतोको लावारिस अवस्थामा शव फेला छ । उनी सोही ठाउँस्थित सिरुघारी बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी नवलपरासी(पूर्व)कै गैंडाकोट नगरपालिका–५ कुसुमटोल बस्ने ५५ वर्षीय सुरेश श्रेष्ठको लावारिस अवस्थामा शव फेला परेको छ । उनी सोही नगरपालिका ओमशान्ती मार्गस्थित सडकमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी सर्लाहीको मलंगवा नगरपालिका–३ बस्ने ३२ वर्षीय सलमान मिकरानीको लावारिस अवस्थामा शव फेला परेको छ । सोही नगरपालिका–९ स्थित धान कुट्ने मिल अगाडि बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ बरगदवास्थित सडकमा एक जना मृत अवस्थामाफेला परेको छ । मृत्यु हुनेमा पाल्पा वगनास काली गाउँपालिका–१ घोरबण्डा बस्ने ५० वर्षीय कुमान सिंह गाहा रहेका छन् । उनको लावारिस अवस्थामा बिहीबार शव फेला परेका हो ।
यसैगरी दाङको राप्ती गाउँपालिका–१ मच्छिताल बस्ने बिशाल रायमाझीको छोरा ४ वर्षीय बिन्दास रायमाझीको लावारिस अवस्थामा शव फेला परेको छ । उनको सोही ठाउँस्थित राप्ती नदीमा बिहीबार मृत अवस्थामा शव फेला परेको हो ।
यसैसाथ सिन्धुलीको सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा एक जना मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ८ वर्षीय बालक रहेका छन् । उनको लावारिस अवस्थामा बिहीबार शव फेला परेका हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।