कैलालीमा विभिन्न हातहतियारसहित एक जना पक्राउ

दियो पोस्ट  

कैलाली । कैलालीमा विििभन्न हातहतियारसहित एक जना पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–८ पृथ्विपुर बस्ने ५५ वर्षीय दयाराम चौधरी पक्राउ परेका छन् । उनलाई एकनाले भरूवा बन्दुक २ थान, बारुद ४ डिब्बा, गोली ३६ पिस, सिसा २४ पिस, केप ८ पिस र कम्पास १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीको टालीले उनको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।