ट्याक्टर दुर्घटनामा एक जनाको मृत्य

दियो पोस्ट  

बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिबेणी नगरपालिका–९ गडतोलास्थित सडकमा से.१ त १४०८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ बस्ने १५ वर्षीय नितेश थापा रहेका छन् । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा शनिबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।