काठमाडौं । विभिन्न स्थानमा लावारिस अवस्थामा ४ जनाको शव पले परेको छ । जिल्लाको महानगरपालिका–४ धुम्बाराही पिपलबोट बस्ने ६० वर्षीया लक्ष्मी काफ्लेको लावारिस अवस्थामा शव परेको छ । उनी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–२१ परवानीपुर चोकस्थित आलम वर्कसपको नजिक आइतबार एक जना मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–३० लालपर्सा बस्ने ४५ वर्षीय लगनदेव यादव रहेका छन् ।
साथै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाङग्रेटारस्थित सुनकोशी खोलामा शनिबार एक जनाको लावारिस अवस्थामा शवफेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।
यसैसाथ अर्घाखाँचीको सितगंगा नगरपालिका–१४ बिक्रम पावरास्थित सूर्य ओडार नजिक एक जनाको लावारिस अवस्थामा शनिबार शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी महिला रहेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।