करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

रौतहट । रौताहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको परोहा नगरपालिका–५ बस्ने ४५ वर्षीय अबुलैत मिया कवारीको करेन्ट लागेर मृत्यु भएको छ । पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी लौकाहामा उपचारको शनिबार राति क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।