धादिङमा भरूवा बन्दुकसहित ४ जना पक्राउ तथा बरामद

दियो पोस्ट  

काठमाडौं । भरुवा बन्दुतसहित ४ जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका(४ धुवाखोलाबाट भरुवा बन्दुक ३ नाल, खुकुरी १ थान र करिब ४ किलोग्राम मृगको मासुसहित ४ जना पक्राउ परेका छन् । पकौउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय पदम सिलवालसहित ४ जना रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त सामग्रीसहित फेला पारी शनिबार राति पक्राउ गरेको हो ।

यसैगरी धादिङकै नेत्रावती गागउँपालिका–२ कमरेनमाथि माथिलो गुम्बास्थित जगंलबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ नाल बरामद भएको छ । प्रहरी चौकी सेमजोङबाट खटिएको प्रहरीको टोलीले उक्त बन्दुक शनिबार साँझ बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।