भन्सार छलेर ल्याएका ४८ लाख बढीको सामान बरामद

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं–१६ बनस्थलीस्थित सडकबाट ४८ लाख ३० हजार ११५ रुपैयाँ बराबरको कपडा तथा विभिन्न खाद्य सामाग्रीहरु सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा सर्लाही मलंगवा नगरपालिका–४ घर बस्ने ४९ वर्षीय सिया शरण राय यादव(चालक) र सोही जिल्ला हरिपुर नगरपालिका–३ बस्ने २७ वर्षीय विक्रम शेख(सह–चालक) रहेका छन् ।

सर्लाहीको मलंगवाबाट लालबन्दी हुँदै काठमाण्डौं आउँदै गरेको ना.५ ख २७७० नम्बरको बसमा भन्साल छलि काठमाडौंतर्फ ल्याउँदै गरेको उक्त कपडा तथा विभिन्न खाद्य सामाग्रीहरु आयात भईरहेको भन्ने गोप्य सुचनाको प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले जाँच तथा खानतलासी गर्ने क्रममा बरामत गरी उनीहरूलाई शनिबार बिहान पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी काठमाडौंको त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।

सम्बन्धित खबर