झापा । झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कनकाई नगरपालिका–३ सुरुङगामा बा.३ ख ८६३७ नम्बरको हाईस गाडी र म.प्र.०३–२८ प ६३४४ नम्बरको स्कुटर एक–आपसको ठक्करबाट दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–११ बस्ने पाँचथर फलैचा गाउँपालिका–७ घर भएका ४७ वर्षीय मान बहादुर डेघा लिम्बु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
हाल फरार हाइस गाडीका चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।