अवैध रुपले ल्याएको सामानसहित भारतीय मोटरसाइकल नियन्त्रणमा

दियो पोस्ट  

कञ्चनपुर । अवैध रुपले ल्याएको सामानसहित भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–३ जमुनाघारी स्थित इलाकाबाट युए ०६ ए ३६०२ र युके ०६ एआर २९७५ नम्बरको भारतीय मोटरसाइकलसहित १ लाख ४१ हजार ९ सय रुपैयाँ बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ६० केजी भटमास ३ बोरा यूरीया मल र १ बोरा गुड प्रस्तावित सीमा सुरक्षा देवीस्थानले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको सामान र मोटरसाईकल आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।