१९ लाख भन्दा बढिको मोबाईलका डिस्प्ले बरामद

दियो पोस्ट  

बाँके । बाँकेको नेपालगंञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाईलका डिस्प्ले प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १२ सय ८४ थान मोबाईलका डिस्प्ले नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।
बरामद भएको मोबाईलका डिस्प्ले बाँकेको भन्सार कार्यालय जमुनाहमा बुझाईएको छ ।