छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका–४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ८ ग्राम २ सय २० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुलि गाउँपालिका–२ बस्ने २६ वर्षीय सुशिल आङदेम्बे र २६ वर्षीय सुरज लावती लिम्बु रहेका छन् । प्रहरी चौकी टाघनडब्बाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२६ प ८१४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पर्दाथसहित फेला पारी आइतबार साँझ पक्राउ गरेको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिका–५ गलौदीबाट अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका–१४ बस्ने २३ वर्षीय दिलिप केवट रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त गाँजासहित फेला पारी सोमबार बिहान पक्राउ गरेको हो ।

साथै कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुर बस्ने १९ वर्षीय नबीन कठरीया पक्राउ परेका छन् । उनलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरीकोप्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी आइतबार साँझ पक्राउ गरेको हो ।

यसैसाथ कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझा बस्ने २६ वर्षीय बीरेन्द्र बडायक पक्राउ परेका छन् । उनलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३७ मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रहरी प्रदेश कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।