६६ हजार ८ सय नगदसहित जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

दियो पोस्ट  

पाल्पा । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । जिल्लको तानसेन नगरपालिका–१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित आइतबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।