१५ वर्षीया किशोरी बलात्कृतः एक जना पक्राउ, एक जना फरार

दियो पोस्ट  

रौतहट । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वृन्दावन नगरपालिका–१ बस्ने ५० वर्षीय किशोरी राउत रहेका छन् । स्थानीय मेडिकलमा औषधि लिन गएको अवस्थामा ती किशोरीलाई राउत र सोही ठाउँ बस्ने १९ वर्षीय लालु जैसवालले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरीको टोलीले राउतलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार जैसवालको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–१८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था अनुसार जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हदका आधारमा विभिन्न बुँदामा सजायको व्यवस्था गरिएको छ । जसमा १४ वर्ष वा १४ वर्ष भन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्ष दखि १४ वर्षसम्मको कैद सजाय हुने छ ।