कैलालीमा करेन्ट लागेर एक जना मृत्यु

दियो पोस्ट  

कैलाली । ।केलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–५ डोडा बस्ने ३५ वर्षीय फुलाराम चौधरीको सोही नगरपालिका–३ नारायणपुरस्थित बिद्युतको पोलबाट करेन्ट लागेर मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।