काठमाडौंबाट पाकिस्तान उडे ज्याक मा

दियो पोस्ट  

काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट लाहौरका लागि उडेका छन् ।

उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

ज्याक मा नेपालमा मंगलबार आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण भने अझै खुलेको छैन ।