भारत लोकसभा निर्वाचन: शनिबार अन्तिम चरणको मतदान जारी

दियोपोस्ट संवाददाता  

काठमाडौं । भारतमा लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौं एवं अन्तिम चरणको मतदान जारी छ।

८ राज्य तथा केन्द्र शासित प्रदेशसका ५७ सिटमा लोकसभा सदस्य चुन्नका लागि आज अन्तिम चरणको मतदान भइरहेको छ।

बिहारका ८ सिट, हिमाचल प्रदेशका ४ सिट, झारखण्डका ३ सिट, ओडिशाका ६ सिट, पञ्जाबका १३ सिट, उत्तर प्रदेशका १३ सिट, पश्चिम बंगालका ९ सिट र चण्डीगढको १ सिटमा आज बिहानदेखि मतदान भइरहेको छ।

अन्तिम चरणमा मतदान गर्नका लागि योग्य मतदाताको संख्या १० करोड ६० लाख छ भने १० लाख ९० हजार मतदान केन्द्र तोकिएको छ।

यसअघि १९ अप्रिलमा पहिलो चरण, अप्रिल २६ दोस्रो चरणको, मे ७ मा तेस्रो चरण, मे १३ मा चौथो चरण, मे २० मा पाचौं चरण, मे २५ मा छैटौं चरणको मतदान भइसकेको छ।

अन्तिम चरणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न चर्चित अनुहारहरू उम्मेदवार छन्।