अमेरिकामा भुईंकटहर जत्रो असिना फेला

दियोपोस्ट संवाददाता  

एजेन्सी । अमेरिकी राज्य टेक्सासमा भुईंकटहर जत्रो असिना फेला परेको छ । गत आइतबार अन्वेषकहरुले उक्त आकारको असिना फेला पारेका हुन् ।

अन्वेषकहरुले सम्भवत पहिलो पटक हालसम्मकै ठुलो आकार भएको असिना फेला पारेका हुन् । उक्त असिनाको आकार ७ इन्चभन्दा लामो र भुईंकटर जत्रो भएको अन्वेषकहरुले बताएका छन् । उक्त असिना हालसम्मकै ठुलो आकारको हुन सक्ने उनीहरुको अनुमान छ ।

‘मैले विगत ३० वर्षदेखि असिनामाथि खोज तथा अध्ययन गरिरहेको छु । तरपनि यति ठुलो आकारको असिना अहिलेसम्म देखेकै थिइनँ’ लामो समयदेखि असिनाको अध्ययन गरिरहेका भ्याल कास्टरले एपि न्युजसँग भनेका छन्, ‘गाडी चलाइरहेको बेला बेसबल आकारको असिना परिरहेको थियो । तर एउटा असिनाले भने मेरो गाडिको सिसा नै फुटेको थियो । जुन निकै ठुलो आकारको थियो भने टाढैबाट पनि प्रष्ट देख्न सकिन्थ्यो ।’

उक्त असिना टेक्सास राज्यमा परेको असिनामध्ये हालसम्मकै ठुलो हो । यसअघि सन् २०२१ म ६.४ इन्च लामो असिनाले उक्त रेकर्ड तोडेको थियो । अमेरिकामा ठुलो आकारका असिना पर्ने गर्छ ।

अमेरिकाको नेसनल सेन्टर्स फर इन्भारोमेन्टल इन्फर्मेसनका अनुसार सन् २०१० जुलाईमा साउथ डेकोटास्थित भाइभियननजिकै ११ इन्च लामो र झन्डै २ पाउन्ड तौल बराबरको असिना फेला परेको थियो ।