चिनियाँ पत्रकारलाई पाँच वर्ष जेल सजाय

दियोपोस्ट संवाददाता  

एजेन्सी । चीनकी एक प्रख्यात मिटु अभियन्ता एवम् पत्रकारलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । राज्यद्रोहको आरोपमा पत्रकार एवम् अभियन्ता सोफिया हुवाङ सुकिनलाई पाँच वर्षको लागि जेल सजाय सुनाइएको हो ।

झन्डै १० महिना लामो मुद्धाको फैसला गर्दै शुक्रबार उनलाई राज्यद्रोहको आरोपमा दोषी ठहर गरिएको हो । सोहि आरोपमा अभियन्ता वाङ सियाङविङलाई ३ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको बीबीसीमा खबर छ ।

३६ वर्षीय पत्रकार हुवाङले चीनको मिटु आन्दोलनलाई प्राथमिकताका साथ लिएकी थिइन् भने यौन हिंसाका पिडितहरुको आवाज बुलंद हुने गरि रिपोटिङ गरेकी थिइन् । चिनियाँ समाचार कक्षमा हुने र आफुले भोगेको यौनवादबारे उनी खुलेरै कुरा गर्ने गर्थिन् ।

यद्यपि, राज्यद्रोहको मुद्धामा उनी कसरी दोषी ठहरिइन् र त्यसमा उनको भुमिकाबारे भने चिनियाँ अधिकारीहरुले प्रष्ट नपारेको बीबीसीले जनाएको छ ।