
काठमाडौँ । निषेधित क्षेत्र तोड्दा राजावादीको प्रदर्शनस्थलबाटै पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित ७ जना आजै रिहा हुने भएका छन्। अध्यक्ष थापासहित ७ जनालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए भने सांसद सिंह थापालाई भेट्न जाँदा प्रहरीलाई नै दुर्व्यवहार गरेको आरोपमा परिसरबाटै उनी पक्राउ परेका थिए।
आइतबार पक्राउ परेका १ जनाबाहेक सबैलाई छाड्न लागिएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए ।
कमल थापा, दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना अहिले परिसरको हिरासतमा छन्। उनीहरू केहीबेरमा छुट्नेछन्।
जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि राजावादी दल र संगठनहरू गणतन्त्रको विरुद्धमा प्रदर्शनमा उत्रिएका छन्।