कान्ति लोकपथ भोलिदेखि चार दिन बन्द हुने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कान्ति लोकपथ बुधबारदेखि चार दिन बन्द गरिने भएको छ । मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा बेली ब्रिज निर्माण गर्नुपर्ने भएकोले भोलिदेखि जेठ २४ गतेसम्म यातायात आवागमनमा रोक लगाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई सूचित गरेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवास्थित बागमती खोलाको पुलको गत असोज ११ र १२ गते बाढीले बगाएको थियो । पुलको दुवैतर्फ भाग बगाएको थियो । माटो र बालुवाको पुलको पहुँचमार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो । उक्त पहुँचमार्ग पनि पटकरपटक बाढीले बगाएर कान्ति लोकपथमा सवारी साधन आउजाउ समस्या हुँदै आएको थियो ।

सिफारिस