काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईको बयान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा दोषी रहेको कसुरमा आज अख्तियारले सहसचिव भट्टराईको बयान सुरु गरेको हो ।
‘दुई दिनदेखि उनलाई आयोगमा उपस्थित गराएर अनौपचारिक सोधपुछ गरि बयान थालिएको अख्तियारले जनाएको छ । यसबीचमा उनीबारे केही प्रमाणसमेत संकलन भएकाले त्यसबारे समेत सोधपुछ सुरु भएको अख्तियार स्रोतले बतायो ।
अख्तियार स्रोतका अनुसार, अध्यागमन कार्यालयबाट केही कर्मचारीहरुले मानव तस्करीको काम समेत गरेको खुलेको छ ।
अध्यागमन कार्यालयबाट केही कर्मचारीहरुले मानव तस्करीको काम गरेको पाइएको र जोखिमयुक्त मुलुकमा नेपाली महिला कामदारलाई लैजान भिजिट भिसाको प्रयोग हुँदै आएको अनुसन्धान समेत भइरहेको छ।