
काठमाडौँ । दोलखास्थित गौरीशंकर गाउँ पालिका वडा नं १ जुगुमा भालुको आक्रमणमा परि एक जना घाइते भएका छन् । गौरीशंकरस्थित चेत्पुमा बस्दै आएका ओलक बहादुर जिरेललाइ भालुले आक्रमण गरेको हो ।
आज बिहान ठिक ७ बजे रावा भिरपिरेपु सामुदायिक वनको बाटो हिँड्दै गरेको अवस्थामा उनलाई भालुले आक्रमण गरेको थियो । आक्रमणमा परि उनी गंभिर घाइते भएका छन् ।
भालुले आक्रमण गर्दै गरेको अवस्थामा उद्धार गरि उपचारको लागि मैनापोखरी चरिकोट पठाइएको स्थानीय मिन कुमार सिवाकोटीले जानकारी दिए । उनको अनुहार र टाउकोमा चोट लागेको उनले बताए ।
