सर्वोच्चको आदेश शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नदिने ‘षड्यन्त्र’ हो : माओवादी केद्र

दियोपोस्ट संवाददाता

काठमाडौँ । माओवादी केन्द्रले पार्टी उपाध्यक्ष, प्रवक्ता एवं पूर्व सभामुख अग्नि सापकोटा विरुद्ध सर्वोच्चले दिएको आदेश शान्ति प्रक्रिया टुंगोमा पुर्यउन नदिने षड्यन्त्र भए भएको बताएको छ । सर्वाेच्चले द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न भनि दिएको आदेश शान्ति प्रक्रियाको बिरुद्धमा भएको भन्दै माओवदी केन्द्रले त्यसको प्रतिकार गर्ने बताएको हो ।

द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउनु पर्नेमा प्रहरीलाई छानबिन गर्न आदेश दिनुले अनावश्यक राजनीतिक विवादसमेत खडा गर्ने माओवादीको ठहर छ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले सर्वोच्चबाट आएको आदेशले राम्रो संकेत नगरेको बताए । यसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने कुरामा नकरात्मक संदेश दिएको उपमहासचिव शर्माको भनाई छ ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा अग्नि सापकोटा संलग्न भएको भन्दै उनलाई सजाय माग दावी गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, सुशील प्याकुरेल, कनकमणि दीक्षित लगायतले विभिन्न मितिमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले पूर्व सभामुख सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्च अदालतले बदर गरेको थियो ।