
काठमाडौँ । पार्टी कार्यक्रमको सिलसिलामा बुधबार रौतहट पुगेका एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौं फर्कंदैछन् । हदबन्दी छुट पाएको पतञ्जली योगपीठको जग्गा बेच्न दिने प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि उनी बिहिबार काठमाडौँ फर्किन लागेका हुन् ।
माधब कुमार नेपाल बिरुद्ध अख्तियारले मुद्धा दायर गरेको विषयमा नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयमा बैठक बस्ने तयारी भइरहेको छ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले बैठक पछि पार्टीको धारणा सार्वजनिक गर्ने बताए।
नेपाल बिरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको थाहा पाए पनि मुद्धा कसरी र के कारणले दर्ता भयो भन्ने बारेमा बुझ्न बाँकी रहेको नेता खनालले बताए । सत्यतथ्य नबुझी हतारिएर प्रतिक्रिया दिने पक्षमा आफू नरहेको उनले बताए।