गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषय तर्कसङ्गत छैन : सञ्चारमन्त्री गुरुङ

दियोपोस्ट संवाददाता

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषय तर्कसङ्गत नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले अख्तियारको छानबिनको विषयमा टिप्पणी गर्नु अनुचित भएको बताएका हुन् ।

मन्त्री गुरुङले प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्मा अवरोध गरिरहेको प्रति टिप्पणी गरे । उनले कर्मचारीको गल्तीमा विभागीय मन्त्रीको राजीनामा माग्नु विपक्षी दलले प्रतिशोध साँधेरे संसदमा अवरोध गरिरहेको आरोप लगाए।

सो अवसरमा मन्त्री गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरे । उनले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने समेत जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वाभाविक भएको बताए ।