देवदह । पश्चिम नवलपरासीको सुनवल –२, अवरैयामा कोदालो प्रहारबाट २ जनाको हत्या भएको छ । आज बिहान करिब १०ः३० बजे स्थानीय २७ बर्षिय हेमराज थारुले कोदालो प्रहार गरी आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।
त्यसलगत्तै हेमराले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा कोदालो प्रहार गरेकोा थिए । उनको पनि घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताए ।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र हत्यामा संलग्न हेमराजलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक पौडेलले बताए ।
हत्याको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको र हेमराजलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाईएको सुनवल प्रहरीले जनाएको छ ।