बाजुरामा सिलिन्डर पड्किएर आगलागी

दियोपोस्ट संवाददाता

काठमाडौँ । बाजुराको बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । आगलागीबाट दर्जनभन्दा बढी पसल जलिसकेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार आगो निभाउने कार्य जारी छ । प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरी निरीक्षाक देव बहादुर चौधरीको कमाण्डमा ३२ जना प्रहरी सो क्षेत्रमा खटिएको जनाइएको छ ।

आगलागीबाट बजार क्षत्रेमा ठूलो क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।