
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ बलियो बनाउन पर्वहरुले भुमिका खेल्नु पर्ने बताएका छन् । मस्लिम धर्मालम्बीहरुको महान पर्व बकर इदको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिने बताए ।
उनले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यस पर्वले हामी बीच आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्’
इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।