काठमाडौँ । जेठ १८ गतेदेखि काठमाडौँमा जारी योंग कम्युनिस्ट लिग (वाइसिएल)को अध्यक्षमा पुष्प वली सर्वसम्मत निर्वाचित भएका छन् । महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएको वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।
यसभन्दा पहिले वाइसिएल अध्यक्षका लागि सुरूमा १३ जना आकांक्षी थिए। बृहद छलफलपश्चात ७ जना पछि हटेका थिए। महासचिव चुनिएका गणेश शाही पनि अध्यक्षकै आकांक्षी थिए। वलीसँगै केहरसिंह कुँवर, कर्म पुलामी, नवराज ऐरलगायत अध्यक्षका आकांक्षी थिए।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्यमा छलफल भइरहेको र बेलुकासम्म टुंगो लाग्ने इन्चार्ज सापकोटाले बताए ।