काठमाडौँ । शहरी विकास मन्त्रालयले तरुण दलको भवन निर्माणका लागि तीन करोड बजेट विनियोजन गरेको छ। नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको भवन निरिमाणका लागि बजेट छुट्याइएको हो ।
मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरेको भएता पनि यो तरुण दलको भवन हो। तरुण दलका अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेको भन्दै धन्यवाद ब्यक्त गरेका छन् ।
गुरुङले बजेटका लागि पहल गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका हुन् ।
शहरी विकासमन्त्री कांग्रेसकै प्रकाशमान सिंह छन् । तरुण दलले उनलाई पनि बजेट विनियोजन गरिदिएको भन्दै आभार प्रकट गरेको छ ।