नवजात शिशुलाई नालामा छाड्ने महिला पक्राउ

दियोपोस्ट संवाददाता  

धनगडी । कैलालीमा नवजात शिशुलाई बेवारिस अवस्थामा नालामा छाड्ने महिला पक्राउ परेकी छन् । धनगढी १४ एच गाउँस्थित साइनोचोक नजिकै बेवारिस शिशु छाडेकी उनलाई इलाका प्रहरी कार्यालय बौलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलाली बुझाइएको हो ।

पक्राउ परेकी आमालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गत जेठ १२ गते स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए । प्रहरीले शिशुलाई सकुशल उद्धार गरी सोही दिन सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो ।

शिशुलाई धनगढीस्थित सेभहाउसमा राखिएको प्रहरीले जनाएको छ ।
रासस

सिफारिस